Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

प्रहरीको निःशुल्क आँखा जाँच

उद्‌घोष संवाददाता
२८ वैशाख २०८३, सोमवार

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले बिराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा निःशुल्क आँखा जाँच शिविर गरेको छ । 

शिविरमा दुई सयभन्दा बढी प्रहरी कर्मचारीहरूले सेवा लिएका थिए । 

सेवा लिने सबै सेवाग्राही प्रहरीलाई निःशुल्क औषधि समेत वितरण गरिएको औषधि ब्यवसायी सघं मोरड शाखाका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । 

शिविरमा आँखा परीक्षणका साथै सुगर, प्रेसर जाँच, स्वास्थ्य परामर्श तथा आवश्यक परेका प्रहरीलाई निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ ।

लामो समयसम्म ड्युटीमा खटिनुपर्ने, धुलो–धुँवा तथा विभिन्न वातावरणीय असरका कारण प्रहरी कर्मचारीमा आँखासम्बन्धी समस्या बढ्न सक्ने भएकाले स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ । 

संघका अध्यक्ष ढकालले सुरक्षाकर्मीको स्वास्थ्यलाई ध्यानमा राख्दै सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर सञ्चालन गरिएको बताए ।

आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिइने समेत उनले जानकारी दिए ।

View : 219

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved