सुन्दरहरैचा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर कार्यसमिति सुन्दरहरैचाको आयोजनामा भएको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा ज्ञानज्योति इंगिलस स्कूलका अस्मिन पराजुली प्रथम भएका छन् ।
साथै क्वेष्ट सेकेन्डरी स्कुलकी दीप्सना राउत द्वितीय, सुविजीमुर मेमोरियल सेकेन्डरी स्कुलका समिप कटवाल तृतीय तथा सिद्धार्थ सेकेन्डरी स्कुलकी आराध्या न्यौपाने चौथो भएका छन् ।
नगरका २० विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा मानव जीवनमा नैतिकता र मूल्यको महत्व, युवामाझ बढ्दो मानसिक स्वास्थ्य संकट र शिक्षण तथा सिकाइमा कृत्रिम बुद्धिमत्ता (एआई)को महत्व विषयमा गोला प्रथामार्फत वक्तृत्वकला प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मोरङका जिल्ला अध्यक्ष जगत बस्नेतले वक्तृत्वकलाले विद्यार्थीमा नेतृत्व क्षमता, तार्किक सोच र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्याब्सन सुन्दरहरैचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र विद्यार्थीको अभिव्यक्ति तथा सिर्जनशील क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
सो कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।
View : 56
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved