Biratnagar, Morang, Nepal
२६ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

भेडीगोठमा चट्याङ पर्दा ७२ वटा भेडा मरे

उद्‌घोष सम्वाददाता
७ जेठ २०८१, सोमवार

विराटनगर । चट्याङले लागेर सङ्खुवासभाको सभापोखरी–५ पेरुम्बामा रहेको भेडीगोठमा ७२ वटा भेडा मरेका छन् । 

शनिबार राती करिव ११ बजेतिर परेको चट्याङले लागेर पेरुम्बामा सोही वडाको फाकुवाका सोम बहादुर लिम्बुको भेडीगोठमा रहेका भेडा मरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी बाह्रबिसे, जिल्ला प्रहरी कार्यालय र सभापोखरी गाउँपालिकाको पशु प्राविधिक टोलीसहित पुगेर स्थलगत जाँचबुझ गरेको हो ।

चट्याङले भेडा मर्दा करिव १४ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

View : 226

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved