विराटनगर । डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान, विराटनगरले वर्ष २०८२ का विभिन्न विधाका पुरस्कारहरूको घोषणा गरेको छ ।
प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंको अध्यक्षतामा आइतबार बसेको समितिको बैठकले पुरस्कारहरू घोषणा गर्ने निर्णय गरेको हो ।
सो निर्णयअनुसार प्रतिष्ठानको बैठकले वर्ष २०८२ सालका पुरस्कारहरू आगामी असार २१ गते डा. नरेन्द्र चापागाईंको जन्मजयन्तीको सन्दर्भ पारेर समर्पण गर्ने निर्णय गरेको छ ।
बैठकले 'डा. नरेन्द्र चापागाईं भाषा-साहित्य पुरस्कार' नेपाली भाषा र साहित्यमा लामो समयदेखि निरन्तर कलम चलाउँदै आएका साहित्यकार पोष (रमण) चापागाईंलाई प्रदान गर्ने निर्णय गरेको छ ।
यो पुरस्कारको राशि नगद रु. ५१ हजार रहेको छ ।
त्यसैगरी, 'डा. नरेन्द्र चापागाईं प्रतिभा पुरस्कार' नेपाली भाषाका विभिन्न विधामा निरन्तर कलम चलाउने स्थानीय साहित्यकार भीम कोइरालालाई प्रदान गरिने भएको छ, जसको राशि नगद रु. २५ हजार रहेको छ ।
प्रतिष्ठानद्वारा संयोजन गरिएको ‘पद्मश्री देवका नेउपाने सेवा पुरस्कार’ कोषबाट स्थापित रु. १० हजार १ सय १५ राशिको 'नेउपाने कला सम्मान पुरस्कार' गायिका अञ्जु गौतमलाई समर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जानकारी दिएका छन् ।
View : 286
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved