Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

विद्यालयभित्रै पुस्तक बिक्री रोक्न ध्यानाकर्षण

शिक्षा इकाई प्रमुख शालीग्राम दाहालले विद्यालयभित्रै पुस्तक र शैक्षिक सामग्री व्यापार गर्ने कार्य शिक्षा ऐन र नियम विपरीत भएको स्पष्ट पारे । उनले यस्तो कार्य तत्काल रोक्नका लागि मोरङका सबै स्थानीय तहका शिक्षा शाखा, प्याब्सन  र एन–प्याब्सन लाई तुरुन्तै पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गरे।
उद्‌घोष संवाददाता
९ चैत २०८२, सोमवार

Advertisement

विराटनगर ।  नेपाल पुस्तक तथा शैक्षिक सामग्री व्यवसायी महासंघ, जिल्ला शाखा मोरङले विद्यालय परिसरभित्रै अवैध रूपमा हुने पाठ्यपुस्तक र शैक्षिक सामग्रीको बिक्री वितरण रोक्न माग गर्दै  शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई, मोरङमा ज्ञापनपत्र बुझाएको छ।

महासंघका मोरङ जिल्ला सचिव माधवप्रसाद बरालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले इकाई प्रमुख शालीग्राम दाहाललाई भेटी ज्ञापनपत्र बुझाएको हो । कतिपय विद्यालयहरूले नियमविपरीत विद्यालय हाताभित्रै  पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरेको  हुँदा सो कार्य नगर्न ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्र बुझ्दै शिक्षा इकाई प्रमुख शालीग्राम दाहालले विद्यालयभित्रै पुस्तक र शैक्षिक सामग्री व्यापार गर्ने कार्य शिक्षा ऐन र नियम विपरीत भएको स्पष्ट पारे । उनले यस्तो कार्य तत्काल रोक्नका लागि मोरङका सबै स्थानीय तहका शिक्षा शाखा, प्याब्सन  र एन–प्याब्सन लाई तुरुन्तै पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कोशी प्रदेश सदस्य दिलिप बस्नेतले विद्यालय  तथा शिक्षकहरूले गुणस्तरीय शिक्षा दिने हो ब्यापार गर्ने होइन भन्दै विगतमा शिक्षकहरुले सेट बुक लगायतका सामग्री विद्यालयमै बिक्री गरेको पाइएको बताए ।

View : 212

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved