Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

‘युगको तटमा उभिएर’ माथि विमर्श

उद्घोष सम्वाददाता
२२ माघ २०८०, सोमवार

विराटनगर(उस)/कवि विमल वैद्यको नवीनतम् कृति ‘युगको तटमा उभिएर’ कवितासंग्रहमाथि सोमबार विराटनगरमा विमर्श गरिएको छ ।

बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना गरेको कार्यक्रममा ‘युगको तटमा उभिएर’ कवितासंग्रहमाथि विमर्श गरिएको हो ।

अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कवि मनु मञ्जिल, सीमा आभास र समीक्षक दिनेश श्रेष्ठले संग्रहका विषयमा चर्चा गर्दै संग्रहले समसामयिक विषयलाई सशक्त रुपमा उठान गरेको बताए । 

कार्यक्रममा कवि देवान किरााती, सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल, टीका आत्रेय, मीनकुमार नवोदित, दीपक सम्चू र दीपा दाहालले संग्रहभित्रका कविता वाचन गरेका थिए । सो संग्रहभित्र ३८ वटा कविताहरू संग्रहित छन् । 

View : 86

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved