Biratnagar, Morang, Nepal
११ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

प्रधानमन्त्री राहत कोषमा माहेश्वरी परिषद्को २१ लाख सहयोग

१० असोज २०८३, शनिवार

Advertisement

विराटनगर । नेपाल माहेश्वरी परिषद्ले एनएमपी माहेश्वरी सेवा कोषमार्फत प्रधानमन्त्री राहत कोषका लागि २१ लाख रुपैयाँ सहयोग गरेको छ ।

परिषद्का तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा परिषद्का अध्यक्ष गोविन्द कृष्ण सोनी, कोषका प्रबन्ध न्यासी बेनीगोपाल मुन्दडा, प्रमुख सल्लाहकार महेश सोनी, कोषाध्यक्ष कमल किशोर राठी, अखिल भारतवर्षीय माहेश्वरी महासभाका कार्यकारिणी सदस्य अमित सारडा तथा माहेश्वरी समाज विराटनगरका अध्यक्ष मुकेश राठी लगायतको उपस्थिति थियो ।

विपद्को घडीमा गरिएको सहयोगले पीडितहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको नेपाल माहेश्वरी परिषद्‍का महासचिव विकास कुमार सारदाले जानकारी दिए । 

View : 48

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved