Biratnagar, Morang, Nepal
१३ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा एलपी ग्यासको अभाव, उपभोक्ता सास्तीमा

विराटनगर कञ्चनबारीका होटल व्यवसायी काशी विराटराजवंशीले साउन १ गतेदेखि पूरा सिलिन्डर पाइने भनेपछि झन् ग्यास अभाव भएको बताए।
उद्‌घोष संवाददाता
१२ साउन २०८३, मङ्गलवार

कृत्रिम बुद्धिमत्ता (एआई)को सहायतामा निर्मित तस्वीर ।

Advertisement

विराटनगर । सरकारले साउन १ गतेदेखि आधा सिलिन्डरको नियम हटाएर पूरा सिलिन्डर वितरण गर्ने व्यवस्था गरेसँगै कोशी प्रदेशमा एलपी ग्यासको चर्को अभाव देखिएको छ।

विराटनगर र इटहरीलगायतका बजारमा डिलरहरूको मौज्दात रित्तिएपछि खाली सिलिन्डर बोकेर लाइन बसेका उपभोक्ताहरू ग्यास नपाएरै रित्तो हात फर्किन बाध्य छन्।

ग्यास अभावका कारण घरायसी जनजीवनसँगै होटल, रेस्टुरेन्ट र क्याफेहरू समेत प्रभावित बनेका छन्।

 

विराटनगर कञ्चनबारीका होटल व्यवसायी काशी राजवंशीले पूरा सिलिन्डर दिने भनेपछि झन् ग्यास अभाव भएको बताए।

भारतको हर्दिया–दुर्गापुर क्षेत्रको आपूर्ति प्रणालीमा आएको अवरोध र भागलपुरको पुलमा क्षति पुग्दा ग्यास बुलेटहरूको ढुवानीमा ढिलाइ भएको छ।

पूरा सिलिन्डर वितरण सुरु भएलगत्तै माग आकाशिएको र उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चित गरेका कारण पनि समस्या चुलिएको हो।

नेपालमा मासिक करिब ४५–४६ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ र यो पूर्ण रूपमा भारतीय आयातमा निर्भर छ।

 

नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालयका अनुसार विराटनगरमा केही बुलेट भित्रिए पनि तत्कालको माग धान्न पर्याप्त छैन।

भारततर्फको ढुवानी प्रणाली पूर्ण रूपमा सहज नभएसम्म उपभोक्ताले केही दिन यो सास्ती भोग्नुपर्ने देखिएको छ।

View : 61

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved