Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

प्रजनन् स्वास्थ्यबारे छलफल

उद्‌घोष सम्वाददाता
११ वैशाख २०८२, बिहिवार

विराटनगर । मोरङ उद्योग व्यापार संघ महिला उद्यम समितिले मेरी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालसँगको सहकार्यमा महिलाहरूको प्रजनन् स्वास्थ्यसम्बन्धी छलफल गरेको छ ।

संघको कार्यालयमा बुधबार आयोजित छलफलमा मेरी स्टोप्स् इन्टरनेशनलकी व्यापार तथा सूचना प्रबन्धक हिमा मिश्रले महिलाहरूमा देखिने प्रजनन् स्वास्थ्यका चुनौतिबारे जानकारी गराएकी हुन् । 

महिला उद्यम समिति संयोजक श्रुति शर्माको संयोजकत्वमा आयोजित कार्यक्रममा मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडासहित उद्योगी व्यवसायी सम्वद्ध संघसंस्थाका महिला समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

View : 170

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved