Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

न्यूरो अस्पतालमा ‘अनलाइन टिकटिङ्ग प्रणाली’ सुरू

उद्घोष सम्वाददाता
२७ चैत २०८०, मङ्गलवार

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशाल्टी अस्पतालले ‘अनलाइन टिकटिङ्ग प्रणाली’ सेवा  सञ्चालनमा ल्याएको छ ।  

स्वास्थ्य प्रविधि सेवा प्रदायक संस्था आईमर्क डिजिटल प्रालिको डाँफे हेल्थ सेवा अन्तर्गत आइतबारदेखि सो सेवा सञ्चालनमा ल्याएको हो । 

सो प्रणालीबाट बिमारी तथा अस्पतालको सुविधा लिन चाहने जोसुकैले अब घरमै बसीबसी चाहेको चिकित्सकको टिकट सजिलै काट्न सक्ने अस्पतालले बताएको छ । अनलाइन टिकटिङ्ग प्रणाली भित्र ‘न्यूरो हस्पिटल’ मोवाइल एप र वेबसाइट पनि रहेको छ ।

आफूले चाहेको चिकित्सकको सेवा शुल्क पनि अनलाइन खल्ती र ईसेवाबाटै सहज भुक्तानी गर्न सकिने व्यवस्था अस्पतालले बनाएको छ ।

समयको महत्वपूर्ण बचतका साथै चिकित्सकीय टिकटिङ्ग प्रक्रिया सम्पन्न हुने गरी बिमारीहरूले अनलाइनबाटै सहज आवेदन दिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ । यो साझेदारीले न्यूरो अस्पतालको सेवाहरूलाई अझ प्रभावकारी बनाउने उद्देश्यले गरिएको अस्पतालका निर्देशक राजेश भट्टराईले बताए ।

डाँफे हेल्थका प्रमुख कार्यकारी अधिकृत युवराज पराजुलीले विगत १६ वर्षदेखि  संस्थाले हेल्थटेकमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको र अझ परिस्कृत स्वास्थ्य समाधान प्रदान गर्ने उद्देश्यका साथ न्यूरोसँग साझेदारी गरिएको बताए ।

यो अनलाइन प्रणाली सुरु भएपछि बिरामीहरूले सजिलै र तत्काल तथा सुविधाजनक रुपमा आफूले चाहेको चिकित्सकीय सेवा आफूले चाहेको मिति र समयमा बुकिङ गर्न सक्ने अस्पतालले जनाएको छ ।

यसैगरी बिरामीको विवरण र नोट न्यूरो हस्पिटल एप मार्फत सिधै डाक्टरहरूले बिरामीको सम्पूर्ण विवरणहरू एकीकृत हस्पिटल व्यवस्थापन प्रणालीमा देख्न र नोट राख्न सक्ने बताइएको छ ।

View : 120

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved