Biratnagar, Morang, Nepal
८ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

मन्त्री लम्सालले गरे फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश

उद्‌घोष संवाददाता
७ असोज २०८३, बुधवार

Advertisement

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ प्रतिनिधिसभामा पेश गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरमैला उत्सर्जन, संकलन, विसर्जन तथा समग्र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको भूमिका तथा जिम्मेवारी स्पष्ट गर्न विधेयक ल्याइएको बताए ।

एनले विधेयकले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय कायम गरी फोहोरमैलाको समुचित तथा प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्य राखेको बताए । फोहोरमैला व्यवस्थापनमार्फत स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्ने र मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने विषयलाई पनि विधेयकमा प्राथमिकता दिइएको उनले बताए । 

उनले चक्रीय अर्थतन्त्रको अवधारणाअनुरूप फोहोरमैलालाई प्रशोधन गरी पुनः स्रोत सामग्रीका रूपमा उपयोग गर्ने व्यवस्था गर्न विधेयक आवश्यक रहेको बताए । 

विधेयकले फोहोरमैला व्यवस्थापनमा सरकारका विभिन्न तहको जिम्मेवारी स्पष्ट पार्दै प्रभावकारी व्यवस्थापन प्रणाली विकास गर्ने लक्ष्य राखेको उनले बताए ।

View : 50

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved