Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराट गोल्डकप

अन्तिम क्वाटरफाइनलमा कोलकातालाई हराउँदै मच्छिन्द्र सेमिफाइलनमा

उद्घोष सम्वाददाता
२० चैत २०८०, मङ्गलवार

विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम  क्वाटरफाइनल खेलमा मच्छिन्द्र एफसी काठमाण्डौंले कोलकाताको साउर्थन समिति एफसिलाई २–१ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।

जितको लागि मच्छिन्द्रका विदेशी खेलाडी स्टेफन विनोङ नायक भए । टिमलाई सेमिफाइनलमा पुर्याउन दुवै गोल स्टेफिनले गरे । खेलको प्लेयर अफ द म्याच पनि स्टेफिन घोषित भए । उनले नगद ११ हजार पाए । कोलकाताको तर्फबाट सान्तवना गोल सोनु हल्दारले फर्काए ।

सेमिफाइनल प्रवेश गरेको मच्छिन्द्रले अब फाइनल प्रवेशका लागि बिहीबार सिक्किम ड्रागन भारतसँग सामना गर्दैछ । यसअघि घरेलु टिम सांग्रीला मोरङ एफए र विभाग्य टिम सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनलमा पुगिसकेका छन् ।

एपीएफले इटहरी गोल्डकप च्याम्प्यिन चर्च ब्वाईज  युनाइटेड काठमाण्डौलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम सांग्रीलाले भुटानको आरटिसिएफसी ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो ।

प्रतियोगिता अन्तर्गत् पहिलो सेमिफाइनल खेलमा बिहीबार सांग्रीला र विभाग्य टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम क्वाटरफाइनलमा मच्छिन्द्रका विदेशी स्टेफन विनोङले खेल सुरु भएको १० औं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाए ।मनिष डाँगीले निकालेको क्रस पासलाई स्टेफनले मध्ये भागबाट वललाई एक्लै लगेर कोलकताका गोलकिपर सुरजक मल्किलाई वीट गर्दै उत्कृष्ट फिनिसिङ गरे ।

मच्छिन्द्रले अग्रता लिएको २२ मिनेट बित्न नपाउँदै कोलकताका सोनु हल्दारले ३२ औ मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । सत्रिय बक्सीले निकालेको पासलाई सोनुले गोल गरेका थिए ।
पहिलो हाफ १–१ गोलको बराबारीमा सकियो ।

दोस्रो हाफदेखि मच्छिन्द्रले आक्रमक खेल पस्कियो । खेलको ५५ औं मिनेटमा स्टेफन विनोङल गोल गर्दै मछिन्द्रलाई २–० को जित दिलाए । सनीस श्रेष्ठले निकालेको पासलाई स्टेफनले टच गर्दा आकर्षक गोल भयो । 

४१ औं मिनेटमा सत्रिय बक्सीले दाया बार च्यापेर प्रहार गोलेको बललाई मछिन्द्रका गोलपिकर विशाल श्रेष्ठले पन्च गरेर बारमाथिबाट फालिदिए । ४४ औं मिनेटमा मच्छिन्द्रका आयूष गलानले ३० यार्डदेखि गरेको प्रहार बारमा लागेर बाहिरिदा अग्रता तेब्बर बनाउने मौका गुमाए ।

४७ औ मिनेटमा स्टेफनले डिबक्स भित्रबाट गरेको कडा प्रहार कोलकाताका कप्तान सुमनले गोल हुनबाट उत्कृष्ट बचाए । गोलकिपर सुरज मल्कि अगाडी बढदा सुमनले गोल हुनबाट जोगाए ।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि दोस्रो हाफमा कोलकताले केहि राम्रो अवसर खेर फालेका थिए । ६५ औं मिनेटमा स्टेफिनले  प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । यस्तै ७० औं मिनेट मनिष डाँगीले पासमा स्टेफिनकोे प्रहार कोलकत्ताका गोलकिपर सुरज मल्किले उत्कृष्ट बचाउ गरे ।

कोलकाताका खेलाडीको फिनिसिङ पक्ष कमजोर रहदा बारम्बार पाएको गोल गर्ने अवसर चुकाउँदा पहिलो खेलबाटै घर फर्किन बाध्य भयो ।

हारपछि कोलकाताका प्रशिक्षक सौमेन्दु कुन्दुले खेलाडीहरुको थुप्रै अवसर पाउँदा पाउँदै पनि फिनिसिङ पक्ष कमजोर हुँदा पराजय भएको बताए ।

यता मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीहरुले योजना अनुसार आक्रमक खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताए । सेमिफाइनलमा मंगलबार भएको क्वाटरफाइनलमा भएको गल्ती सच्याएर अगाडी बढने बताए । सेमिफाइनलमा बिमल घर्तीमगरलाई मैदानमा उतार्ने योजना रहेको उनले सुनाए । ‘विमल मैदानमा रहँदा अग्रपंत्ति थप मजदुत हुनेछ,’ उनले भने ।

View : 120

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved