विराटनगर । विराटनगर–१० स्थित न्यूरो कार्डियो एण्ड मल्टीस्पेशयलिटी हस्पिटलले दन्त विभागलाई स्तरोन्नति गर्दै अत्याधुनिक सेवा सञ्चालनमा ल्याएको छ ।
आधुनिक दन्त उपचारको मागलाई ध्यानमा राख्दै अस्पतालले दन्त विभागलाई नयाँ स्वरूपमा विस्तार गरेको जनाएको छ ।
हस्पिटल परिसरमा बिहीबार आयोजित उद्घाटन समारोहमा कार्यकारी निर्देशक डा. अनिशा विष्ट र अपरेसनल निर्देशक राजेश भट्टराईले संयुक्त रूपमा सेवाको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा विशेषज्ञ डेन्टल सर्जन डा.अमितप्रताप शाह तथा मुख, बङ्गारा तथा अनुहार रोग विशेषज्ञ डा.जितेन्द्र मण्डलको विशेष उपस्थिति रहेको थियो ।
सो अवसरमा डा.मण्डलले अब बिरामीहरूले सामान्य दन्त समस्यादेखि जटिल मुख तथा बङ्गारा शल्यक्रियाका लागि टाढा जानु नपर्ने बताए ।
डा. शाहले अत्याधुनिक मेसिन र डिजिटल प्रविधिको प्रयोगमार्फत पीडारहित दन्त सेवा प्रदान गरिने जानकारी दिए ।
कार्यकारी निर्देशक डा.विष्टले अस्पताल सधैँ बिरामीमैत्री सेवा र गुणस्तरप्रति प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
अपरेसनल निर्देशक भट्टराईले नयाँ दन्त सेवाले अस्पतालको मल्टीस्पेशयलिटी अवधारणालाई अझ मजबुत बनाएको बताए ।
अस्पतालका अनुसार नयाँ दन्त विभागमार्फत दाँत तथा मुखको विशेषज्ञ जाँच, दाँत भर्ने सेवा, दाँत र गिजाको सफाइ, साधारण तथा शल्यक्रियाद्वारा दाँत उखेल्ने, दाँतको नसाको उपचार तथा हड्डीभित्र अड्किएको दाँतको उपचार जस्ता सेवाहरू उपलब्ध हुने छन् ।
साथै, दाँतको भित्री अवस्था बुझ्न अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरिने हस्पिटलले जनाएको छ ।
View : 105
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved