Biratnagar, Morang, Nepal
२६ फागुन २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

पवित्रा र जितन विद्यालय क्याप्टेनमा चयन

उद्‌घोष संवाददाता
७ जेठ २०८२, बुधवार

विराटनगर । रंगेली नगरपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडामा शैक्षिक सत्र २०८२ का लागि विद्यार्थीहरूले क्याप्टेन चयन गरेका छन् । विद्यार्थीहरूले बुधबार मतदानमार्फत विद्यालय क्याप्टेन छनोट गरेका हुन् ।

प्रधानाध्यापक केशरबहादुर बानियाँसहित शिक्षकहरू र विद्यालय कर्मचारीहरूको रोहबरमा सम्पन्न उक्त निर्वाचनबाट छात्रातर्फ पवित्रा प्रधान र छात्रतर्फ जितन हेमरम क्याप्टेनमा निर्वाचित भएका छन् । 

त्यसैगरी सह–क्याप्टेनमा छात्रातर्फ अञ्जली सापकोटा र छात्रतर्फ कौशल राउत चयन भए ।

अन्य सदस्यहरूमा ऋतु खड्का, चाँदनी राई, समीक्षा खवास, युनिका खड्का, भीम बिकलगायतका विद्यार्थीहरू निर्वाचित भएका छन् ।

विद्यालयमा आदिवासी, जनजाति तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको छ।

पञ्चायतकालमा निर्माण गरिएका भवनहरू जिर्ण अवस्थामा रहे पनि विद्यालयले शैक्षिक उपलब्धिमा उत्कृष्टता हासिल गर्दै आएको छ।

शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालय रंगेली नगरभित्र सर्वोत्कृष्ट बन्न सफल भएको थियो ।

हाल विद्यालयमा पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गर्मी मौसममा पठनपाठनमा समस्या भइरहेकाले गत वर्ष विराटनगरका समाजसेवी मुकेश सिंघानियाले विद्यालयलाई १० थान पङ्खा प्रदान गरेर सहयोग गरेका थिए ।

View : 466

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved