Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा नयाँ सरकार बनाउने संकट

एमाले– माओवादीबीच एक घण्टा छलफल, प्रदेश प्रमुखसँग परामर्शमा

२६ वैशाख २०८१, बुधवार

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र बहादुर आङ्बो र नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की । (फाइल फोटो)

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने समय घर्काएर राजिनामा समेत नदिई बसेपछि नेकपा एमाले र माओवादी केन्द्रका प्रदेश स्तरीय शीर्ष नेताहरूले छलफल गरेका छन् । विराटनगरको बिग होटलमा उनीहरूबीच एक घण्टा गम्भीर छलफल भएको जनाइएको छ ।

छलफलमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, उपनेता राम राना, प्रमुख सचेतक रेवतिरमण भण्डारी तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश सांसद जीवन आचार्यबीच छलफल भएको हो ।

छलफल सकेर उनीहरु प्रदेश प्रमुख परशुराम खापुङ्गसँग नयाँ सरकार गठनको प्रक्रियाका बारेमा परामर्शका लागि पुगेका हुन् ।

दलका नेताहरूले मुख्यमन्त्री कार्कीले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत पनि नलिएको र राजिनामा पनि नदिएका कारण संसदबाट पारित भएको संकल्प प्रस्तावको निर्देशन अनुसार नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न आग्रह गर्दै आएका छन् ।

मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने ३० दिनको समय मंगलबार राती १२ बजेसम्म मात्रै थियो । उनले राजिनामा समेत नदिएपछि एमाले– माओवादी समीकरणमा शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

View : 89

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved