Biratnagar, Morang, Nepal
२६ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

जीवन जीउने कलाले नवरात्री उत्सव गर्ने

उद्‌घोष संवाददाता
२५ असोज २०८३, आइतवार

Advertisement

विराटनगर ।  जीवन जीउने कला विराटनगरले नवरात्रि उत्सव तथा वैदिक अनुष्ठान आयोजना गर्ने भएको छ ।

असोज ३० देखि कात्तिक १ गतेसम्म सञ्चालन हुने सो उत्सव विराटनगर–२ स्थित श्रीश्री रविशंकर विद्या मन्दिरमा आयोजना गरिने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । 


दशैंको षष्टीदेखि नवमीसम्मको तीनदिने उत्सव वैदिक परम्परा, साधना, संस्कृति र सामूहिक आध्यात्मिक अनुभूतिको सङ्गम हुने आयोजक सुधीर अग्रवालले बताए ।  

सो अन्तर्गत गणपति, वास्त, नवग्रह, रुद्र, महा सुदर्शन होम तथा विशेष चण्डी होम जस्ता अनुष्ठानहरू आयोजना गरिनेछ ।

श्रद्धालुहरूले परिवार तथा समाजको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामनासहित सङ्कल्प लिएर हवनमा सहभागी हुने अवसर पाउने जीवन जीउने कला विराटनगरकी राजकुमारी तोदीले बताइन् ।  

 
अनुष्ठानका साथै उत्सवमा सत्सङ्ग, ध्यान तथा विविध सांस्कृतिक प्रस्तुतिहरू समेत रहने जीवन जीउने कला भारतका प्रतिनिधि सर्वानन्दले बताए  ।

बालबालिका तथा युवाहरूको सहभागितामार्फत नयाँ पुस्तालाई वैदिक ज्ञान, संस्कार र मौलिक संस्कृतिसँग जोड्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजक मनोज तोदीले बताए ।
 

View : 74

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved