Biratnagar, Morang, Nepal
६ जेठ २०८१, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

चौथो मिल्स गोल्डकप: विराटनगर सेमिफाइनलमा

उद्घोष सम्वाददाता
९ वैशाख २०८१, आइतवार

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा पेमा युवा क्लब विराटनगर सेमिफाइनलमा पुगेको छ । 

विराटनगर जुट मिलको खेलमैदनमा शनिबार भएको खेलमा फियर फुटबल क्लब धरान सुनसरीलाई २–० गोलले हराउँदै पेमा युवा क्लब विराटनगर सेमिफाइनमा पुगेको हो । 

जितको लागि विराटनगरको तर्फबाट बिजु भुजेल एक्लैले दुई गोल गरे । उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए ।

प्रतियोगिताको आइतबारको खेल टीडब्लू विराटनगर र कनकाइ स्पोर्टिङ क्लब सुरुङ्गा झापाबीच हुनेछ ।

View : 66

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved