Biratnagar, Morang, Nepal
३ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एकलाख २० हजार क्याप्सुल लागूऔषधसहित काठमाडौँमा तीन जना पक्राउ

उद्‌घोष संवाददाता
१३ साउन २०८३, बुधवार

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट मंगलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरूमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी थान–६ बस्ने २४ वर्षीय दीपक राई छन् ।

उनीहरूले भारतबाट अवैध रूपले नेपाल ल्याई उक्त लागुऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार त्यसबेला सो टोलीले उनीहरूको साथबाट डामाडोल नामक लागुऔषध एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको बीएसी ७०१७ नम्बर एउटा हात्ती गाडी, बागमती प्रदेश०२–०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल तीन थान र नेपाली रुपैयाँसमेत बरामद गरेको छ ।

नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद लागुऔषध, नेपाली रुपैयाँ, मोटरसाइकल र मोबाइल सेटसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको जनाइएको छ ।

View : 129

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved