Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

उत्कृष्ट मावि सम्मान अरनिकोलाई

उद्‌घोष संवाददाता
२० वैशाख २०८३, आइतवार

विराटनगर । विराटनगर–१०, तीनटोलियास्थित अरनिको माध्यमिक विद्यालयलाई राष्ट्रिय शिक्षा सम्मान–२०८३ प्रदान गरिएको छ । 

शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको कदरस्वरूप विद्यालयलाई सो सम्मान प्रदान गरिएको हो ।

फोकस नेपालद्वारा २०८३ बैशाख १५ गते शनिबार नेपाल पुलिस क्लब काठमाडौंमा आयोजित एक विशेष समारोहमा विद्यालयलाई सम्मान गरिएको हो । 

कार्यक्रममा देशभरका विभिन्न शैक्षिक संस्था, शिक्षक तथा शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूको सहभागिता थियो ।

सम्मान कार्यक्रमका क्रममा अरनिको माध्यमिक विद्यालयका प्राचार्य राजेश कार्कीले पुरस्कार ग्रहण गरेका थिए । 

सम्मान ग्रहण गर्दै उनले शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय परिवारको संयुक्त प्रयासका कारण यो उपलब्धि सम्भव भएको बताए । 

उनले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न र नवीन शैक्षिक अभ्यासलाई विस्तार गर्न विद्यालय प्रतिबद्ध रहने पनि उल्लेख गरे ।

View : 139

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved