Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

केन्ट एअर कुलर र फ्यान, गर्मीमा सहज र किफायती समाधान

उद्‌घोष संवाददाता
१३ वैशाख २०८३, आइतवार

विराटनगर । बढ्दो गर्मीबीच उपभोक्तालाई लक्षित गर्दै अन्तर्राष्ट्रिय ब्रान्ड केन्टका एअर कुलर तथा फ्यानहरू नेपाली बजारमा सार्वजनिक गरिएका छन् । 

सीजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध यी उत्पादनहरू आधुनिक प्रविधि, आकर्षक डिजाइन र ऊर्जा–कुशल विशेषतासहित ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, केन्टका एअर कुलरहरू पर्सनल, डेजर्ट, टावर र कमर्शियल गरी विभिन्न श्रेणीमा उपलब्ध छन् । 

उच्च एयर डेलिभरी, ठूलो पानी ट्यांकी क्षमता, कम बिजुली खपत तथा उन्नत एयर–फ्लो प्रविधिले ती कूलरहरू घर तथा कार्यालय दुवैका लागि उपयुक्त बनाइएको बताइएको छ ।

त्यसैगरी केन्टका फ्यानहरू पनि आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएका छन् । 

सीलिङ, वाल, टेबल र स्ट्यान्ड फ्यानका विभिन्न मोडेलहरूमा उच्च स्पीड, कम आवाज र ऊर्जा बचत गर्ने वीएलडीसी प्रविधि समावेश गरिएको छ । 

कम्पनीका प्रतिनिधिका अनुसार, गुणस्तरीय र भरपर्दो उत्पादनमार्फत नेपाली उपभोक्तालाई ‘बेटर होम, बेटर लाइफ’ को अनुभव दिलाउने लक्ष्य राखिएको छ ।

उत्पादनहरू देशभरका आधिकारिक बिक्रेता तथा शोरूममार्फत उपलब्ध हुनेछन् । 

साथै, बिक्रीपछिको सेवा अन्तर्गत टोल–फ्री सहायता, प्राविधिक सहयोग र वारेन्टी सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

View : 119

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved