Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

लघुकथा संग्रह ‘जडौरी’ को लोकार्पण

उद्‌घोष संवाददाता
३ जेठ २०८१, बिहिवार

विराटनगर । नारी स्रष्टा समाज नेपालले साहित्यकार रमेन्द्र कोइरालाको ‘जडौरी’ लघुकथा संग्रहको लोकार्पण गरेको छ ।

लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्राडा गोविन्दमान सिंह कार्की, लघुकथा समाज नेपालका उपाध्यक्ष तुलसीहरि कोइराला, नारी स्रष्टा समाज नेपालका अध्यक्ष ममता मृदुल, नमस्ते आधुनिक लघुकथा मञ्चकी उपाध्यक्ष यमुना प्रधानाङ्ग, लघुकथाकार खगेन्द्र बस्याल लगायतले संयुक्त रूपमा कृतिको  लोकार्पण गरेका हुन् ।

लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष तथा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले सुरूवाती घडीमा उपेक्षा गरिएको लघुकथा विधा फस्टाउँदै गएकोमा खुसी व्यक्त गरे ।

लघुकथा समाज नेपालका उपाध्यक्ष तुलसीहरि कोइरालाले लघुकथा कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए । उनले लघुकथाकार आफै विश्लेषक भएकाले संग्रहका लघुकथा उम्दा रहेको बताए । त्यस्तै अर्का समीक्षक दीपक लोहनीले लघुकथामा समाजका विविध पक्षको चित्रण गरिएको बताए ।

लोकार्पित कृतिका कृतिकार रमेन्द्र कोइरालाले जीवनमा शिक्षाको ज्योति छर्ने प्रथम शिक्षक आफ्नो बाबा कपिलमनि कोइरालाको वार्षिक पुण्यतिथिको अवसरमा कृति लोकार्पण गरेर पुर्खाको सम्मान गरेको बताए ।

View : 651

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved