विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा कमरेड घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
ओलीले नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पुर्याएको योगदान अविस्मरणीय रहेको बताएका छन् ।
उनले लामो जेल जीवन र यातनाका अनेकौँ शृङ्खला पार गर्दै आजको समाजले उपभोग गरिरहेको लोकतान्त्रिक अधिकार प्राप्त भएको उल्लेख गरेका छन् ।
‘म ती कष्टपूर्ण दिनहरू सम्झिरहेको छु,’ ओलीले भनेका छन् ।
उनले बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सहयोद्धाहरूमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
ओलीले बस्नेतको सङ्घर्ष र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक सम्झना भइरहने बताएका छन् ।
View : 33
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved