विराटनगर, २६ मंसिर : लामो समयदेखि विराटनगरमा सञ्चालित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि (न्युरो हस्पिटल)ले आफ्नो ब्राण्डको अनुचित प्रयोग भएको भन्दै आपत्ति जनाएको छ ।
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी दुई दशकभन्दा लामो समयदेखि उत्कृष्ट सेवा प्रदान गरी कमाएको ख्यातिलाई मिल्दोजुल्दो नाम राखी अस्पतालको बदनाम गराउने गरी गलत सूचनाहरू सम्प्रेषण गरेको भेटिएको भन्दै त्यस्ता संस्था र ब्यक्तिबाट न्युरो अस्पतालको नाममा कोही पनि नठगिउन र त्यस्ता घटना नदोहोरियोस् भन्दै सम्बन्धित सरोकारवालाहरूलाई ध्यानाकर्षण गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका अप्रेसन डाइरेक्टर राजेश भट्टराईले सर्वसाधारणलाई दिग्भ्रमित गर्ने प्रवृत्तिलाई तत्काल रोक्न माग समेत गरेका छन् ।
भट्टराईले भने, ‘अरुको ब्राण्डलाई दुरुपयोग गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्नेलाई कानुनको दायरामा ल्याई कारवाही गरिनुपर्छ, यसमा सबै सरोकारवालाहरूको ध्यानाकर्षण गराउन चाहान्छौं ।’
उनले विराटनगर आसपासका केही स्वास्थ्य संस्था र व्यक्तिहरूले न्युरो अस्पतालको जस्तो मिल्दोजुल्दो नाम राखी सेवाग्राहीहरूलाई गलत सुचना सम्प्रेषण गर्ने, अस्पतालको नाम र अस्पतालमा पूर्णकालीन सेवा दिइरहेका चिकित्सकहरूको नाम लिएर अफवाह फैलाउने, ती चिकित्सकहरू आफूहरूको संस्थामा कार्यरत छन् भनी भ्रम फैलाउने, न्यूरो अस्पतालको जस्तै होर्डिङबोर्ड बनाएर सेवाको बारेमा विज्ञापन गर्ने जस्ता गतल प्रवृत्ति देखाएकाले त्यस्तो प्रवृत्तिलाई तत्काल रोक्न माग समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा उनले भने, ‘यसरी भ्रममा पारी बिरामीहरूको स्वास्थ्यमा गम्भिर खेलवाड गर्ने गरेको गुनासोहरू पटक–पटक आएको छ । अस्पतालले न्युरोको कुनै शाखा अस्पताल नरहेको र आफूहरूसँग मिल्दोजुल्दो नाम राखी सञ्चालन गरिएको कुनै पनि संस्थासँग कुनै सम्बन्ध नरहेको उनले बताए ।
View : 406
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved