विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रमेशबाबु काफ्ले नियुक्त भएका छन् ।
विश्वविद्यालयका निवर्तमान रजिष्ट्रार डा. काफ्लेलाई बिहीबार (असोज ८ गते) सो पदमा नियुक्त गरिएको हो।
यसअघि अनुसन्धान केन्द्रलाई छुट्टै निकायका रूपमा स्थापना गरी प्रा.डा. मीनराज ढकाललाई जिम्मेवारी दिइएको थियो।
उनको कार्यकाल सकिएपछि उक्त केन्द्र नेतृत्वविहीन अवस्थामा थियो।
डा. काफ्लेसँगै सोही दिन विश्वविद्यालयका अन्य दुई संकायले पनि नयाँ डीन पाएका छन्।
जसअनुसार कला, कानुन तथा शिक्षा संकायको डीनमा प्रा.डा. कृष्णप्रसाद पाण्डे र विज्ञान तथा प्रविधि संकायको डीनमा प्रा. अजयकुमार साह नियुक्त भएका छन् ।
विश्वविद्यालयका केही प्रमुख पदहरूमा नियुक्ति भए पनि अन्य महत्वपूर्ण निकायहरू भने अझै रिक्त रहेका छन्।
पाठ्यक्रम विकास केन्द्रमा प्रा.डा. मेदिनी शर्मा नेपालको कार्यकाल सकिएपछि नयाँ नियुक्ति हुन सकेको छैन भने सरकारले ल्याएको अध्यादेशपछि सेवा आयोगका पदाधिकारी पदमुक्त भएसँगै सो निकाय पनि खाली छ।
त्यस्तै, अन्य संकायमा पूर्णकालीन डीन नियुक्त भइसक्दा व्यवस्थापन संकायमा भने हाल प्रा.डा. उत्तम रेग्मीले निमित्त डीनका रूपमा जिम्मेवारी सम्हालिरहेका छन् ।
महत्वपूर्ण विभागहरूले नयाँ नेतृत्व पाएसँगै अब व्यवस्थापन संकायको डीनसहित पाठ्यक्रम विकास केन्द्र र सेवा आयोगका रिक्त पदहरूमा पनि दशैं अगाडि नै पदाधिकारी एवं सदस्यहरूको नियुक्ति हुने विश्वविद्यालय परिवारले अपेक्षा गरेको छ।
View : 28
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved