विराटनगर । शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहालले राजीनामा दिएका छन् ।
असोज १ गतेबाट लागू हुनेगरी उनले शिक्षा सचिव समक्ष राजीनामा दिएका हुन् ।
अवकाश हुनलाई करीव डेढ महिना समय बाँकी रहँदै उनले राजीनामा बुझाएका छन् ।
२०५१ साल वैशाख १२ बाट प्राविधिक सहायकको पदबाट जागिर जीवन सुरु गरेका दाहाल मोरङ, इलाम ताप्लेजुङ, भोजपुर, संखुवासभा, झापा, तेह्रथुम, सिराहा, सप्तरी हुँदै गृह जिल्ला मोरङमै आइपुग्दा उपसचिवबाट बिदाई भएका हुन् ।
आफ्नो राजीनामाको कारणलाई भने उनले ‘व्यक्तिगत’ भनेका छन् । शिक्षा विकास र समन्वय इकाई मोरङले दाहाललाई बुधबार विदाई गरेको छ ।
दाहालले ३२ वर्ष ४ महिना शिक्षा सेवामा विताएर विदाई भएका हुन् ।
View : 1746
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved