Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेसले शुरु गर्‍यो स्वस्थ्य नागरिक समुन्नत समाजको अभियान

उद्‌घोष संवाददाता
२२ पुष २०८०, आइतवार

Advertisement

धरान । नेपाली कांग्रेसले नागरिकलाई स्वस्थ्य बनाउने र समाजलाई समुन्नत बनाउने अभियान शुरु गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले आफूअन्तर्गतको क्षेत्रीय स्वास्थ्य विभागको संयोजन र सम्बन्धित वडा कार्यसमितिको व्यवस्थापनमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी अभियान शुरु गरेको हो ।

स्वस्थ्य नागरिक समुन्नत समाज भन्ने मूलनाराका साथ अभियान सञ्चालन गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताएका छन् । उनले नागरिक स्वस्थ्य भए भने मात्र समृद्धि सम्भव हुने भन्दै समुन्नत समाज निर्माण गर्न नागरिकलाई स्वस्थ्य बनाउन जरुरी रहेको भन्दै निःशुल्क स्वास्थ्य शिविर र अन्य विविध स्वास्थ्य सम्बन्धी कार्यक्रम गरी नागरिकलाई स्वस्थ्य बनाउन र समुन्नत समाज निर्माण गर्न कांग्रेसले सञ्चालन गरेको अभियानले महत्वपूर्ण टेवा पुग्ने बताए ।

निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापाले जनताको घरआँगनमा स्वास्थ्य शिविर सञ्चालन गरेर पार्टीले सामाजिक उत्तरदायित्व वहन गरेको बताए । 

बराहक्षेत्र नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ तथा रामधुनीनगरपालिकाको वडा नं. ६ र ७ लाई लक्षित गरी बराहक्षेत्र वडा नं. ३ स्थित अस्थायी कोभिड अस्पतालमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ग्याष्ट्रोलोजी एण्ड हेपेटोलोजी विशेषज्ञ डा. सन्दिपराज बज्राचार्य सहितको टोलीले पेट, ग्याष्ट्रिक, पेनक्रियाज, ठूलो आन्द्रा, पेटको क्यान्सर, दिसाबाट रगत जाने र सुगर तथा प्रेसर लगायतका रोगहरुको जाँच गरेका थिए ।

यसअघि वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, धरानको स्ट्रोक टिम (पक्षघात समूह) को सहयोगमा धरान उपमहानगरपालिकाका वडा नं. ३, ८ र १५ मा समेत अभियान सञ्चालन गरिएको क्षेत्रीय सचिव केशव पुरीले बताए ।

View : 356

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved