Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

विराटनगरमा दुई स्रष्टा सम्मानित

उद्‌घोष संवाददाता
२४ वैशाख २०८३, बिहिवार

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्याउने दुई वरिष्ठ स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।

प्रतिष्ठानद्वारा बुधबार विराटनगरमा आयोजित विशेष समारोहबीच ‘कवि टेकनाथ–शिवाकुमारी अधिकारी स्मृति साहित्य संस्कृति पुरस्कार’ महाकाव्यकार सोमराज अभय र अग्रज कवि प्रल्हाद पोखरेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ र सम्मानपत्र गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. गोपाल भण्डारी, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, पुरस्कारका संस्थापक डिल्लीराम अधिकारी, भवानी अधिकारी तथा गोकुल अधिकारीले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

संस्थापक अधिकारी परिवारले आफ्ना मातापिताको स्मृतिमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी वार्षिक रूपमा साहित्य, भाषा र संस्कृतिका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने स्रष्टालाई सम्मान गर्दै आएको जनाएको छ । 

कार्यक्रममा बोल्दै प्रा.डा.भण्डारीले पण्डित टेकनाथ अधिकारीलाई नेपाली भाषा र संस्कृतिका प्रकाण्ड विद्वानका रूपमा स्मरण गर्दै उनको योगदान अनुपम रहेको बताए ।

साहित्यकार प्रा.डा. हरिहर भण्डारीले सम्मानित स्रष्टा सोमराज अभयको योगदानमाथि प्रकाश पार्दै उनको काव्ययात्रा नेपाली महाकाव्य परम्परामा महत्वपूर्ण रहेको बताए । 

त्यस्तै कवि भेषराज पोखरेलले प्रल्हाद पोखरेलको सिर्जनात्मक यात्रालाई स्मरण गर्दै प्रतिष्ठानले सही व्यक्तिको छनोट गरेको धारणा राखेका थिए । 

कार्यक्रममा साहित्यकार खेम नेपाली, बलराम पोखरेल, गंगा सुवेदी, कवि तथा पत्रकार मीनकुमार नवोदित, कवि निर्मला कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

View : 148

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved