विराटनगर । मोरङको कटहरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।
२०८३ वैशाख ११ गतेसम्म १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेरभित्रै राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै प्रकारका खोपहरु लगाएको सुनिश्चितता गरिएसँगै सो घोषणा गरिएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार पालिकाका सातवटै वडाहरु यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको आधारमा गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
घोषणा सभामा मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य सन्तोष राजवंशी र कटहरीका अध्यक्ष देवराज चौधरीले पूर्ण खोप पालिका घोषणाको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।
पालिका अध्यक्ष चौधरीले सबैको सामूहिक सहयोगबाट यो उपलब्धी हासिल भएको बताउँदै आगामी दिनमा पनि कुनै बालबालिका खोपबाट नछुटुन् भनेर निरन्तर निगरानी आवश्यक रहेकोमा जोड दिए ।
सोही कार्यक्रममा ६० वर्षे उमेरहदका कारण सेवानिवृत्त भएका स्वास्थ्य स्वयंसेविका सरस्वती सरदार र राजेश्वरी जोशीलाई गाउँपालिकाले जनही नगद ५० हजार रुपैया“सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेको थियो ।
साथै, विभिन्न वडाका अध्यक्षहरु र स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत उनीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
प्रतिनिधिसभा सदस्य सन्तोष राजवंशीले नवगठित सरकार जनताको अपेक्षा अनुसार जनमुखी शासन र प्रशासनका लागि सक्रिय रहेको बताए ।
View : 308
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved