विराटनगर । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ विराटनगर महानगर समितिको प्रथम अधिवेशनले सञ्जीव राईको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको छ ।
शुक्रबार भएको अधिवेशनले समितिको उपाध्यक्षद्वयमा सुरेशकुमार थापा मगर र विकास राजवंशी, सचिवद्वयमा राजकुमार राजवंशी र सरु लिम्बू, सहसचिवद्वयमा धनेश्वर राजवंशी र पार्वती माझी र कोषाध्यगमा जानकीदेवी माझी छन् ।
सदस्हरुमा अन्नतराम माझी, आभाष भुजेल, हरिलाल मण्डल र भरत राजवंशी चयन निर्वाचित भएको निर्वाचन अधिकृत सुमन अधिकारीले जानकारी दिए ।
विराटनगर मुख्य कार्य क्षेत्र भई लोकतान्क्रिक विचार राख्ने आदिवासी जनजाति समुदायका व्यत्तिहरु संगठित भई गठित महासंघको महानगर समितिले आदिवासीलाई अझ लोकतान्क्रिक गतिविधिमा सशत्त बनाउन सहयोग पुर्याउने नेका विराटनगर ११ का बुथ सभापति रामसुन्दर राजवंशीले बताए ।
View : 671
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved