Biratnagar, Morang, Nepal
२७ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

संघीयताले पहिचान दिन नसकेको दुखेसो

उद्‌घोष सम्वाददाता
२७ साउन २०८१, आइतवार

विराटनगर । विराटनगरका आदिवासीले संघीयताले पहिचान दिन नसकेको दुखेसो पोखेका छन् । ३० औं विश्व आदिवासी दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा  नेपाल आदिवासी जनजाति महासंघ १ नं. प्रदेश समितिका अध्यक्ष ध्रुव लिम्बूले पहिचान पक्षधरलाई धेरै रुवाउन नहुने बताए ।

नेपाल आदिवासी जनजाति महासंघ महानगर समन्वय परिषद् सचिवालयको आयोजना र महासंघमा आबद्ध १८ जातिको सहआयोजनामा पहिचानसहितको सांस्कृतिक र्‍यालीले नगर फरिक्रमा गरेको हो । सो अवसरमा आयोजित रत्तदानमा १९ जनाले रक्तदान गरेका थिए । 

सांस्कृतिक समारोहमा नेवाःदेय दबूको लाखे नाच, किराँत याक्थुङ चुम्लुङको (केलाङ) च्याब्रुङ नाच, किराँत याख्खा चुम्माको डोकेनी नाच, उरावको सांस्कृतिक नृत्य गरी हरेक जातिले आ–आफ्नो पहिचानसहितको सांस्कृतिक प्रदर्शनी गरेका थिए ।

महानगर समन्वय परिषद् सचिवालयका अध्यक्ष सुरेशसिंह गनगाईको अध्यक्षतामा भएको सो सांस्कृतिक समारोहमा स्नातकोतर क्याम्पसका प्रमुख ढकबहादुर मगर, महासंघ कोशी प्रदेशका मुख्य सचिव तिलक राई, वडा नं. १६ का वडाध्यक्ष उद्धवकुमार भुजेल, वडा नं १२  का वडाध्यक्ष हिरालाल कामत, तमू छोंजधीका प्रदेश उपाध्यक्ष अमृत गुरुङ, तामाङ घेदुङका प्रदेश सदस्य गोविन्द तामाङ, थारु कल्याणकारीका जिल्ला अध्यक्ष प्रदीप भगत, नेकपा एमाले महानगर कमिटीका अध्यक्ष सागरकुमार थापा, नेकपा एकीकृत समाजवादी महानगर कमिटी उपाध्यक्ष कविराज घिमिरे, जसपाका जिल्ला उपाध्यक्ष मन्तलाल यादवलगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

View : 245

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved