Biratnagar, Morang, Nepal
१७ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

रसुवा बाढीपीडितका लागि घिमिरे कल्याण परिषद्ले ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने

उद्‌घोष संवाददाता
१६ भदौ २०८३, मङ्गलवार

Advertisement

विराटनगर । एकीकृत घिमिरे कल्याण परिषद्ले रसुवालगायतका जिल्लामा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् प्रभावितको उद्धार तथा राहतका लागि सहयोग घोषणा गरेको छ ।

परिषद्‍का अनुसार भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावित नागरिकका  लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैयाँ सहयोग पठाउने निर्णय गरेको परिषद्‍ले जनाएको छ । 

विपद्‍मा सम्पर्कविहीन भएका व्यक्तिहरू सकुशल परिवारको सम्पर्कमा फर्किऊन् भन्ने कामनासमेत परिषद्ले गरेको छ ।

साथै, बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, राहत वितरण र पुनर्स्थापनामा खटिरहेका नेपाली सेना, नेपाल प्रहरी, स्थानीय, प्रदेश तथा संघीय सरकार र सम्पूर्ण समाजसेवीहरूले गरिरहेको कार्यप्रति धन्यवाद दिँदै थप प्रभावकारी पहलको अपेक्षा गरेको छ ।

उक्त रकम परिषद्‍मा आबद्ध घिमिरे बन्धुहरूको समेत सहयोगबाट संकलन भइरहेको जनाइएको छ ।

परिषद्को केन्द्रीय कार्यसमिति विराटनगरले विपद्को दुःखद् घडीमा प्रभावित नागरिकलाई सहयोग गर्न सबै पक्षलाई आग्रहसमेत गरेको छ ।

View : 232

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved