Biratnagar, Morang, Nepal
२१ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु

उद्घोष सम्वाददाता
१९ फागुन २०८०, शनिवार

कटारी । उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा एकजनाको घटनास्थलमै र अर्की महिलाको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको जनाइएको छ ।

ना१ज ८३३३ नम्बरको जिप दुर्घटनामा परेर कटारी नगरपालिका–८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी कटारी–७ मर्जेतपुरकी अन्दाजी ३० वर्षीय लालकुमारी तामाङको भने उपचारका क्रममा विराटनगरस्थित विराटनगर नर्सिङ होममा मृत्यु भएको हो ।

उनलाई कटारी अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि विराटनगर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास राईले जानकारी दिए ।

प्रहरीले जिप चालक कटारी–८ का ३३ वर्षीय थर्मसिंह तामाङलाई नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रनाउ राईका अनुसार शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको जिप कटारी–७ मर्जेतपुरमा अनियन्त्रित भई सडकभन्दा सय मिटर तल खसेको थियो । 

दुर्घटनामा जिपमा रहेका १३ जना घाइते भएका थिए । घाइतेमध्ये आठजनाको विराटनगरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।

View : 172

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved