Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

मिल्स भेट्रान्स सेमिफाइनलमा

उद्घोष सम्वाददाता
२१ चैत २०८०, बुधवार

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम मिल्स भेट्रान्स फुटबल क्लब रानी सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेल मैदानमा मंगलबार भएको खेलमा हाम्रो इटहरी भेन्ट्रान्स क्लबलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै घरेलु टिम मिल्स भेट्रान्स सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो ।

निर्धारित समयमा मिल्सको तर्फबाट जय डंगोल र हाम्रो भेट्रान्स इटहरीको तर्फबाट डिल्लीराम श्रेष्ठ गोल गरे ।

खेलको म्यान अफ द म्याच मिल्स भेट्रान्सका राजु थापा घोषित भए ।

बुधबारको पहिलो सेमिफाइनल खेल गछिया भेट्रान्स क्लब र ग्रामथान भेट्रान्स क्लबबीच हुनेछ ।

View : 107

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved