विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सरकारका पूर्वमन्त्री भीम पराजुलीले नेपाललाई हिन्दु राष्ट्र घोषणाको कामना गर्दै छठी माताको ब्रतका अवसरमा २९ औं दण्डवत् प्रणाम सुरु गरेका छन् ।
आइतबार बिहान १० बजेदेखि विराटनगर–३ स्थित शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलाको घाटसम्म ३ किलोमिटर लामो दण्डवत् प्रणाम सुरु गरेका हुन् । उनले छठी माताको भक्तिभावसहित सडकमा घस्रेर दण्डवत् प्रणाम गर्दै आएका छन् ।
पराजुलीले निरन्तर रुपमा हिन्दु राष्ट्र नेपालको कामना गर्दै छठ माताको व्रत बस्दै आएका छन् । उनले दण्डवत् प्रणाममा पनि हिन्दु राष्ट्रको कामना गर्दै आएका छन् ।
करीव ३ घण्टा घस्रिएर उनले दण्डवत् प्रणाम पुरा गर्नेछन् ।
छठी माताको ब्रत बसी गरिएको आराधनाले मनोकामना पुरा हुने जनविश्वास रहँदै आएका छन् ।
छठ पर्वको अवसरमा आइतबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चार दिन लामो छठ वर्त पुरा हुनेछ ।
View : 31
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved