Biratnagar, Morang, Nepal
२४ जेठ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

५० मेगावाटको युनाइटेड मेवाखोला हाइड्रोपावरको परीक्षण उत्पादन सुरु

उद्‌घोष संवाददाता
२४ जेठ २०८३, आइतवार

विराटनगर । ताप्लेजुङमा बग्ने मेवा खोलामा निर्मित सवैभन्दा ठूलो जलविद्युत आयोजना युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले परीक्षण उत्पादन सुरु गरेको छ । 

मेरिङदेन गाउँपालिका–५ थुकिमा र मिक्वाखोला गाउँपालिका–३ लिवाङको सिमाना भएर बग्ने मेवा खोलामा हेडवक्र्स निर्माण गरी त्यहाँबाट ४ दशमलव ८ किलोमिटर लामो सुरुङमार्गबाट पानी पठाएर मेरिङ्देन–३ को खाम्लुङमा निर्मित पावर हाउसमा झारेर परीक्षण उत्पादन सुरु गरिएको हो ।

पावर हाउसमा जडान गरिएका तीनवटा सीओएल टर्वाइनबाट विद्युत परीक्षण उत्पादन सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकृत आशलाल केदेमले जानकारी दिए । 

उत्पादित विद्युतलाई आठ किलोमिटर लामो १३२ केभीए प्रशारण लाइनमार्फत मेवाखोला गाउँपालिका–१ ढुंगेसाँघुमा रहेको सबस्टेशनमा जोडिएको जनाइएको छ ।

उक्त सबस्टेशनबाट कोशी करिडोर प्रशारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह भएको छ । यो आयोजनाले गत चैतमा नै परीक्षण उत्पादन सुरु गरेर केही प्राविधिक समस्या पहिचान गरी पुनः मर्मत सम्भार गरेर परीक्षण सुरु गरिएको हो ।

९ अर्ब रुपैयाँको लागतमा निर्मित ५० मेगावाटको यो आयोजना सन् २०२१ बाट निर्माण सुरु गरिएको थियो ।

रन अफ रिभर (आरओआर) प्रणालीमा आधारित युनाइटेड मेवा खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि पूर्वबाट राष्ट्रिय विद्युत प्रशारणमा ठूलो राहत भएको छ ।

View : 40

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved