Biratnagar, Morang, Nepal
२८ वैशाख २०८२, आइतवार
+977 21 450305, 515728, 578305
समाज

पहिरोले पुरिएर बालिकाको मृत्यु

२७ असार २०८१, बिहिवार

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ मा पहिरोले पुरिएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चेतन समाल मगरकी ८ वर्षीया छोरी रुपकला मगर रहेकी छन् ।

अबिरल वर्षाको कारण घरमाथिबाट पहिरो झरी घर पुरिंदा घरभित्र रहेकी ३० वर्षीया श्रीमती हिरकुमारी मगर र ८ वर्षीया छोरी रुपाकला मगर घाइते भएका थिए ।

पहिरोले पुरिएर घाइते भएका दुबै जनालाई प्रहरी टोली र स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि स्थानीय स्वास्थ्य चौकी रानीबास लगिएको थियो । उपचारको क्रममा रुपकलाको मृत्यु भएको हो ।

View : 141

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved