Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

पुष्पलाल जयन्तीमा कवि गोष्ठी

उद्घोष सम्वाददाता
११ फागुन २०८०, शुक्रवार

विराटनगर । पुष्पलाल जन्म शताब्दी समारोहको अवसरमा विराटनगरमा कवि गोष्ठी आयोजना गरिएको छ ।

पुष्पलाल स्मारक समिति विराटनगर र पुष्पलाल जन्म शताब्दी समारोह समिति काठमाडौंको संयुक्तरूपमा आयोजनामा कवि गोष्ठी आयोजना गरिएको हो ।

स्मारक समितिको पुष्पलाल चोकस्थित सझाहलमा आयोजना गरिएको कार्यक्रममा एक दर्जन बढी कविहरुले कविता वाचन गरेको कार्यत्रम संयोजक भरतप्रसाद गुरागाईले जानकारी दिए । 

गोष्ठीमा कविहरु सिर्जना प्रसाई, सविना श्रेष्ठ, भीम कोइराला, लक्ष्मी रायमाझी खड्का, गायत्रीप्रसाद गुरागाई, प्रिन्स प्रमोदकुमार ढकाल र कृष्णप्रसाद गौतमले आफ्ना कविता वाचन गरे ।

यस्तै युवराज दाहाल, लक्ष्मी रेग्मी घिमिरे, प्रमिला कोइराला, रामबाबु दाहाल, अन्जु अश्रु, लक्ष्मीप्रसाद फुयाल,ओम आचार्य र डा बद्रीविशाल पोखरेलले कविता वाचन गरे । 

पुष्पलाल जन्म शताब्दीको अवसरमा देशव्यापी विविध कार्यक्रम अन्तरगत कवि गोष्ठी आयोजना गरिएको पुष्पलाल स्मारक समितिका अध्यक्ष केशवप्रसाद गौतमले जानकारी दिए । उनले वामपन्थीहरुलाई एकीकृत गरेर पुष्पलालको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताए ।

गोष्ठीमा कविहरुले वाचन गरेका कविताहरु पुष्पलाल स्मृतिग्रन्थ २०८१ मा प्रकाशित गरिने आयोजक समितिले जनाएको छ । 

View : 161

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved