Biratnagar, Morang, Nepal
२६ कार्तिक २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

दोस्रो चरणको क्यानभास चित्र प्रदर्शनी माघमा

रासस
१८ कार्तिक २०८०, शनिवार

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ अन्तर्गत दोस्रो चरणको प्रदर्शनी कार्यक्रम गर्ने भएको छ ।

नेपालसहित विभिन्न १४ देशका ४३ जना ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका चित्रहरूलाई नगरपालिकाले काठमाडौंस्थित नेपाल आर्ट काउन्सिल बबरमहलको सभाहलमा आगामी माघ १० गतेदेखि १५ दिनसम्म प्रदर्शनी गर्ने भएको हो ।

गत असोज १७ गतेदेखि २१ गतेसम्म दिक्तेल बजारमा पहिलो चरणअन्तर्गत आयोजना गरिएको कार्यक्रममा नगरपालिको १५ वटै वडा तथा जिल्लाका अन्य नौ स्थानीय तहका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूलाई चित्रकारले लाइभ क्यान्भासमा उतारेका चित्रलाई प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

नेपाल, अष्ट्रेलिया, बङ्गलादेश, भूटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट आएका चिक्रकारले दित्तेल बजारको विभिन्न चोक तथा किरात ऐतिहासिकस्थल मझुवागढी, शुभम् फाउन्डेसन र जालपामा पुगेर एक सय नौ तथा अन्य विभिन्न ठाउँमा बसेर ४१ वटा क्यान्भास चित्र उतारेका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

View : 141

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved