Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

फरवार्डको अध्यक्षमा पुनः भगवती चौधरी

६ जेठ २०८३, बुधवार

विराटनगर । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभाले भगवती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ । 

संस्थाकी संस्थापक अध्यक्षसमेत रहेकी चौधरीलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गरिएको हो ।

ग्रामीण अर्थतन्त्र, महिला सशक्तिकरण, युवा सशक्तिकरण र स्वरोजगारका मुद्दाहरुलाई अगाडी बढाउँदै समाजसेवा तथा वित्तीय क्षेत्रमा सक्रिय चौधरीलाई नेपाल राष्ट्र बैंकका निर्देशक शैलेन्द्र रेग्मीले पद तथा गोपनियताको सपथ गराएका थिए । 

सो अवसरमा चौधरीले लघुवित्तको मर्म, उद्देश्य र लक्ष्य प्राप्तिसँगै संस्थाको गरिमा बृद्धिमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाइन् ।

ग्रामीण महिला उत्सुकता विकास मञ्चमार्फत गाउँगाउँमा महिलाहरुलाई वातावरण, सरसफाईसँगै सामाजित चेतना प्रवाह गर्दै आएकी चौधरीले वित्तीय साक्षरता कार्यक्रम पनि चलाएकी थिइन् । तत्कालीन समयमा सरकारले गैरसरकारी संस्थाहरुलाई वित्तीय मध्यस्तकर्ता गर्ने बाटो खोलिदिएपछि चौधरीले नै फरवार्ड माइक्रोफाइनान्सको स्थापना गरेकी थिइन् ।

फरवार्ड माइक्रोफाइनान्सले देशका ४० जिल्लाका ३८२ स्थानीय निकायका दुई लाख ८४ हजार ५७ विपन्न परिवारमा १५९ शाखा कार्यालयमार्फत् वित्तीय सेवा पुर्याएको जनाएको छ ।

View : 96

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved