सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका–१२ स्थित सुकुना बहुमुखी क्याम्पसमा आयोजित दुईदिने ‘शैक्षिक संस्था र उद्योगबीचको सहकार्यः सुदृढ तथा लचिलो जनशक्ति विकास’ विषयक शैक्षिक–उद्योग संवाद कार्यक्रम सम्पन्न भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा सुकुना बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रमले शिक्षा र उद्योग क्षेत्रबीचको सहकार्य विस्तार, रोजगारमुखी शिक्षा, उद्यमशीलता प्रवद्र्धन तथा बजारको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादनका विषयमा केन्द्रित रहेर छलफल गरेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै सुन्दरहरैचाका मेयर केदारप्रसाद गुरागाईंले स्थानीय सरकार, शैक्षिक संस्था र उद्योग क्षेत्रबीचको समन्वयले दिगो विकास तथा दक्ष जनशक्ति निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा शिक्षा, उद्योग, बैंकिङ, उद्यमशीलता तथा विभिन्न सरोकारवाला क्षेत्रका विज्ञहरूको सहभागिता थियो ।
सहजीकरणका क्रममा डा. अञ्जयकुमार मिश्र, प्राडा बिजु थपलिया, नरोत्तम अर्याल, बद्रीकुमार गुरागाईं लगायतले शिक्षा र उद्योग क्षेत्रबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने उपायबारे आफना धारणा राखेका थिए ।
क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले वर्तमान समयमा शैक्षिक संस्थाहरूले उद्योग क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउदै विद्यार्थीलाई व्यवहारिक, रोजगारमुखी तथा उद्यमशील शिक्षासँग जोड्न आवश्यक रहेको बताए ।
दुईदिने कार्यक्रममा शिक्षक, विद्यार्थी, स्थानीय उद्योगी–व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, छिमेकी क्याम्पसका प्राध्यापक तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले शैक्षिक संस्था र उद्योगबीचको दूरी घटाई विद्यार्थीको भविष्य निर्माण तथा राष्ट्रिय विकासमा सकारात्मक योगदान पुर्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखेका थिए ।
View : 55
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved