Biratnagar, Morang, Nepal
२७ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

लायन्स क्लबको स्थापना दिवसमा विविध कार्यक्रम

उद्‌घोष सम्वाददाता
२७ साउन २०८१, आइतवार

विराटनगर । नेपालमा लायन्स क्लबको स्थापनाको ५४औं वर्ष प्रवेशको अवसरमा नेपालको प्रथम क्लब लायन्स क्लव अफ विराटनगरले  तीनदिने विविध कार्यक्रम गरेको छ ।

सो अवसरमा लायन्स क्लव अफ विराटनगर र लियो क्लब अफ विराटनगरको संयुक्त आयोजनामा  शनिबार विराटनगर ७ मा रहेको आमाको माया छात्रावासमा रहेका ३० जना छात्रहरूलाई दिवा भोजन गराइएको छ ।

क्लबका अध्यक्ष निर्मलप्रसाद दाहालको सभापतित्वमा पूर्व गभर्नर फूलकुमार लालवानीको प्रमुख आतिथ्यमा भएको  सो कार्यक्रमको प्रायोजन क्लबका संस्थापक सदस्य मुलचन्द राठीले गरेका थिए । 

यसअघि लायन्स क्लब अफ विराटनगरले आफ्नो भवनमा एक भव्य कार्यक्रम गरेर स्थापना दिवस मनाएको थियो ।

सो कार्यक्रमका कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, डिष्ट्रिक्ट गभर्नर विकाश अधिकारी, निवर्तमान गभर्नर विजयहरि शर्मा, पूर्व काउन्सिल चेयरपर्सन राजन खत्री, पूर्व गभर्नरहरू रेवतबहादुर कार्की, लीला ढुंगेल, भीम घिमिरे, फूलकुमार लालवानी, डिष्ट्रिक्टका प्रमुख सल्लाहकार नन्दकिशोर राठीलगायत डिष्ट्रिक्ट क्याबिनेटका पदाधिकारीहरू, विभिन्न लायन्स क्लबका अध्यक्ष तथा सदस्यहरू र लियो क्लबका  पदाधिकारीहरूको सहभागिता थियो ।

स्थापना दिवसको अवसरमा क्लबका संस्थापक सदस्यद्वय मुलचन्द राठी र किशनलाल दुगढलाई घरमै पुगेर सम्मान गरिएको छ ।

क्लबका पूर्व अध्यक्ष एवं पूर्व गभर्नर फूलकमार लालवानी र विजयहरि शर्माले राठीलाई  विराटनगरस्थित निवासमै पुगेर सम्मान गरेका थिए । दुगढलाई भने काठमाडौंमा लायन्सका अन्तर्राष्ट्रिय एरिया लिडर राजन लम्साललगायतले सम्मान गरेका थिए ।

View : 218

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved