Biratnagar, Morang, Nepal
२७ जेठ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
प्रविधि

‘गेम अन वीथ एलजी एआई टिभी’ अभियान सार्वजनिक

उद्‌घोष संवाददाता
२७ जेठ २०८३, बुधवार

विराटनगर । एलजी इलेक्ट्रोनिक्स नेपालले फुटबलप्रेमी दर्शकहरूलाई लक्षित गर्दै आफ्नो नवीनतम गेम अन वीथ एलजी एआई टिभी अभियान सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यस अभियानमार्फत फुटबलका हरेक खेललाई उत्कृष्ट दृश्य गुणस्तर, जीवन्त ध्वनि तथा अत्याधुनिक एआई प्रविधिसहित अझ रोमाञ्चक र वास्तविक रूपमा अनुभव गर्न सकिनेछ ।

कम्पनीले विश्वप्रसिद्ध एलजी ओएलईडी डिस्प्ले  प्रविधिद्वारा सञ्चालित टेलिभिजनहरूले हरेक गोल, उत्कृष्ट बचाउ तथा उत्सवका क्षणलाई जीवन्त बनाउदै दर्शकलाई मैदानकै नजिक रहेको अनुभूति दिलाउने जनाएको छ ।

अभियानअन्तर्गत एलजीले चयनित टिभी मोडलहरूमा ४ वर्षको पूर्ण वारेन्टी प्रदान गर्ने घोषणा गरेको छ । यसमा ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी र १ वर्षको अतिरिक्त विस्तारित वारेन्टी समावेश रहेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यस सुविधाले ग्राहकलाई दीर्घकालीन रूपमा ढुक्क भई मनोरञ्जनको अनुभव लिन मद्दत गर्नेछ ।

टिभी खरिदलाई अझ सहज बनाउन कम्पनीले चयनित मोडलहरूमा ३० प्रतिशतसम्म क्यासब्याक, नो–कस्ट ईएमआई, आकर्षक एक्सचेन्ज मूल्याङ्कन तथा प्राथमिकताप्राप्त इन्स्टलेसन सेवासमेत उपलब्ध गराएको जनाएको छ ।

यो विशेष अफर २०८३ जेठ २१ गते (जुन ४, २०२६) देखि साउन ४ गते (जुलाई १९, २०२६) सम्म नेपालभरका आधिकारिक एलजी विक्रेतामार्फत लागू हुने कम्पनीले जानकारी दिएको छ ।

View : 75

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved