काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ६१६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले शनिबार विहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । पछिल्लो अपडेटमा ६१६ जनाको शव फेला परेको उल्लेख गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहे पनि अझै धेरै व्यक्ति सम्पर्कविहीन छन् । प्रहरीको विवरणअनुसार २७ जना प्रहरी कर्मचारीसमेत हालसम्म सम्पर्कविहीन रहेका छन् । करीव दुई हजार मानिसको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।
यस्तै, बाढी तथा विपद्का घटनामा २ हजार ३०१ जना घाइते तथा उद्धार गरिएका छन् । घाइतेमध्ये काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार तथा डिस्चार्ज भएका व्यक्तिहरूको संख्या समेत समेटिएको विवरणमा उल्लेख छ ।
प्रहरीले बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ । उद्धार, खोज तथा राहतका लागि ८ हजार ७९९ जना प्रहरी परिचालन गरिएको विवरणमा उल्लेख छ ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ तथा नवलपरासी लगायतका क्षेत्रमा समेत बाढी तथा पहिरोको प्रभाव परेको छ ।
प्राप्त विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १३, धादिङमा ४५, गोरखामा ४८, नुवाकोटमा ८९, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासीमा ४७ जना रहेका छन् ।
घाइते तथा उद्धारतर्फ रसुवामा ६०६, नुवाकोटमा १६२२ र धादिङमा ३ जना रहेको विवरणमा उल्लेख छ । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या १४० रहेको जनाइएको छ ।
उता, भोटेकोशी क्षेत्रमा २६ अगस्टमा आएको बाढीले ठूलो क्षति पुर्याएको र प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी उद्धार तथा पुनःस्थापनाका काम अघि बढाइएको छ ।
६१६ जनाको ज्यान गएको यो विपद् पछिल्लो समय नेपालमा देखिएको अत्यन्तै गम्भीर प्राकृतिक विपद्मध्ये एक बनेको छ । खोज तथा उद्धार कार्य अझै जारी रहेकाले मृतक तथा सम्पर्कविहीनको संख्या थप बढ्न सक्ने आशंका गरिएको छ ।
View : 30
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved