Biratnagar, Morang, Nepal
२ असार २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

महिला उद्यमीका लागि सिप विकास तालिम

उद्‌घोष संवाददाता
२ असार २०८३, मङ्गलवार

Advertisement

विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालित तीन दिने ‘प्रभावकारी सार्वजनिक प्रस्तुतीकरण तथा कार्यक्रम सञ्चालन सीप विकास तालिम’ सम्पन्न भएको छ ।

महिला उद्यमीहरूको नेतृत्व क्षमता, सार्वजनिक प्रस्तुतीकरण, बोल्ने प्रतिभा तथा कार्यक्रमहरू सञ्चालन सम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा मोरङका २५ जना महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।

तालिममा प्रभावकारी सार्वजनिक प्रस्तुतीकरण, वक्तृत्वकला, सञ्चार सीप, आत्मविश्वास अभिवृद्धि, कार्यक्रम सञ्चालनका विधि तथा व्यावहारिक अभ्यासहरूमा प्रशिक्षण प्रदान गरिएको थियो । 

आइतबार आयोजित तालिम समापन समारोहमा संघका अध्यक्ष अनुपम राठीले तालिमबाट प्राप्त ज्ञान, अनुभव तथा सीपले महिला उद्यमीहरूको व्यावसायिक तथा व्यक्तिगत जीवनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त  गरे । 

उनले उद्यमशीलता विकासका लागि प्राविधिक ज्ञानसँगै प्रभावकारी सञ्चार तथा प्रस्तुतीकरण सीप पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरे । 

संघका महासचिव संजयकुमार श्रेष्ठले तालिमबाट प्राप्त ज्ञान र सिकाईलाई महिला उद्यमीहरूले व्यवहारमा उतार्दै व्यावसायिक तथा सामाजिक क्षेत्रमा अझ सक्रिय भूमिका निर्वाह गर्न सक्ने क्षमता विकास भएको बताए । 

महिला उद्यम समितिकी सह–संयोजक साधना झाले महिला उद्यमीहरूको क्षमता विकास र सशक्तीकरणका लागि यस्ता तालिम अत्यन्त महत्वपूर्ण हुने बताइन् ।

View : 146

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved