Biratnagar, Morang, Nepal
७ असार २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

तेरापन्थ युवक परिषदमा दुगड

उद्‌घोष संवाददाता
७ असार २०८३, आइतवार

Advertisement

विराटनगर । तेरापन्थ युवक परिषद विराटनगरको आगामी कार्यकाल २०२६–२७  को अध्यक्षमा अरिहन्त दुगड निर्वाचित भएका छन् । 

शनिबार भएको निर्वाचनमा अरिहन्त दुगडले ९३ मत प्राप्त गरे भने उनका  प्रतिद्वन्दी  अमित धाडेवाले ६८ मत प्राप्त गरेका छन् । 

नवनिर्वाचित अध्यक्ष दुगडलाई निर्वाचन प्रभारी एवं नेपाल बिहार सभाका अध्यक्ष वीरेन्द्र सञ्चेतीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 

अध्यक्षमा निर्वाचित भएपश्चात दुगडले समाजका अग्रज एवं अभिभावक खेमचन्द लालवानीसँग आशीर्वाद ग्रहण गरेका थिए ।

युवक परिषदका पूर्वअध्यक्ष कमल डाँगा, बिकाश लालवानी, शेरसिंह दुगड, बिनय पारख, जिनेन्द्र नौलखा, मोहित लालवानी लगायतले  नवनिर्वाचित अध्यक्ष दुगडलाई बधाई दिएका थिए ।

View : 62

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved