Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

केभीएम र मेरो कोडिङ क्लासबीच सम्झौता

उद्‌घोष संवाददाता
४ वैशाख २०८३, शुक्रवार

विराटनगर । विराटनगर–१० संसारीमाइस्थानस्थित कोशी विद्या मन्दिर (केभीएम) र मेरो कोडिङ क्लासबीच विद्यालयलाई डिजिटल शिक्षाको केन्द्रको रुपमा विकास गर्ने समझदारी पत्रमा बिहीबार हस्ताक्षर भएको छ । 

नयाँ व्यवस्थापनको नेतृत्वमा विद्यालयले शैक्षिक गुणस्तर, आधुनिक प्रविधि तथा व्यवहारिक सिकाइलाई प्राथमिकता दिदै अघि बढिरहेको सन्दर्भमा यो सहकार्य भएको प्रिन्सिपल चुडाचन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

सम्झौताअनुसार चालु शैक्षिक सत्रको कक्षा ३ देखि नै दक्ष सूचना प्रविधि विज्ञहरूको मार्गदर्शनमा कोडिङ तथा प्रोग्रामिङ कक्षा सञ्चालन गरिनेछ । 

यसले विद्यार्थीहरूमा प्रारम्भिक अवस्थादेखि नै डिजिटल सोच, समस्या समाधान क्षमता र सिर्जनात्मकता विकास गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको प्रिन्सिपल श्रेष्ठले बताए ।

यसका साथै रोबोटिक्स र आईओटीजस्ता अत्याधुनिक प्रविधिहरूलाई पाठ्यक्रममा समावेश गरी विद्यार्थीहरूले मेसिङ लर्निङ अटोमेसन, स्क्र्याच, पाइथन, वेब डेभलपमेन्छ, रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता(एआई) जस्ता सीपहरू व्यवहारिक रूपमा सिक्ने अवसर पाउने विद्यालयले जनाएको छ ।

यस सहकार्यसँगै कोशी विद्या मन्दिरले सिकाईबाट शिक्षा विधिमा आधारित शिक्षालाई अझ सुदृढ बनाउँदै विद्यार्थीहरूलाई भविष्यका लागि सक्षम, दक्ष र प्रविधिमैत्री नागरिक बनाउने लक्ष्य लिएको बताएको छ ।

View : 141

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved