Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

लेखनाथ वाचनालयद्वारा पाँच व्यक्तित्वहरू सम्मानित

उद्‌घोष संवाददाता
२२ वैशाख २०८३, मङ्गलवार

विराटनगर ।  विराटनगर महानगरपालिका वडा नम्बर १२ स्थित लेखनाथ वाचनालयको २१औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।

विराटनगर-१२ का वडाअध्यक्ष हिरालाल कामतको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

 

समाजमा शिक्षा, चेतना र पठन संस्कृतिको विकासमा लामो समयदेखि सक्रिय यस वाचनालयले अधिवेशनको अवसर पारेर समाजका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ।

कार्यक्रममा विद्यावारिधि विधाबाट डा. मोहन सुवेदी र समाजसेवा विधाबाट कृष्णप्रसाद भण्डारीलाई उजीहरूको योगदानको उच्च कदर गर्दै विशेष सम्मान गरिएको थियो।

त्यसैगरी, संस्थाको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै वाचनालयका पूर्व सञ्चालकहरू मीना वस्ती,  मुरारी रेग्मी र श्री शरण सुब्बालाई पनि सम्मान गरिएको छ।

 

कार्यक्रममा बोल्दै विभिन्न विशिष्ट अतिथिहरूले वाचनालयको प्रगतिको कामना गर्दै सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गरेका थिए।

कार्यक्रममा वाचनालयकी अध्यक्ष सीता लामिछाने, मोरङ क्याम्पसका पूर्व प्रमुख डा. बाबुराम तिमल्सेना, कोशी प्रदेश सहकारी संघका

अध्यक्ष डा. डिल्ली पोखरेल, डा. तुलसी निरौला, कवयित्री कविता केशरी, जनपथ माविकी सहायक प्रधानाध्यापक मनमाया रिजाल र अधिकारकर्मी सरिता खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

उनीहरूले समाज परिवर्तन र चेतना विस्तारमा पुस्तकालय तथा वाचनालयहरूको भूमिका अपरिहार्य रहेको कुरामा जोड दिए।

दुइ दशकदेखि विराटनगर-१२ मा बौद्धिक केन्द्रको रूपमा स्थापित यस वाचनालयको १०औं अधिवेशनले संस्थालाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास उपस्थित सदस्यहरूले व्यक्त गरेका छन्।

View : 351

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved