Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

मोरङ क्याम्पसमा रसायनशास्त्रीलाई सम्मान तथा बिदाइ

उद्‌घोष संवाददाता
३० वैशाख २०८३, बुधवार

Advertisement

विराटनगर । महेन्द्र मोरङ क्याम्पसको रसायनशास्त्र विभागमा एक विशेष कार्यक्रमका बीच उच्च शिक्षा (विद्यावारिधि र पोस्ट डक्टरेट) हासिल गरेका प्राध्यापकहरूलाई सम्मान तथा उमेर हदका कारण अवकाश प्राप्त गरेका प्राध्यापक एवं कर्मचारीहरूलाई बिदाइ गरिएको छ।

कार्यक्रममा विद्यावारिधि र पोस्ट डक्टरेट उपाधि हासिल गरेका तीन जना प्राध्यापकहरूलाई सम्मान गरिएको थियो।

प्रतिष्ठित फुलब्राइट छात्रवृत्तिअन्तर्गत अमेरिकाको फ्लोरिडास्थित मायामी विश्वविद्यालयबाट पोस्ट डक्टरेट अध्ययन पूरा गरेका डा. सुजितकुमार शाहलाई विशेष सम्मान गरिएको छ।

यसैगरी, त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गरेका डा. युवराज साहू र भारतको दार्जिलिङस्थित उत्तर बङ्गाल विश्वविद्यालयबाट विद्यावारिधि पूरा गरेका डा. शिवनारायण यादवलाई पनि सोही अवसरमा सम्मानित गरिएको छ।

कार्यक्रमको अर्को चरणमा त्रिभुवन विश्वविद्यालयको उमेर हदका कारण अवकाश प्राप्त दुई प्राध्यापक र एक जना कर्मचारीलाई स–सम्मान बिदाइ गरिएको छ।

बिदाइ हुनेहरूमा उप–प्राध्यापक डा. विमलकुमार कण्ठ, शिक्षण सहायक प्रेमनारायण शाह र कार्यालय सहयोगी चन्देश्वर दास छन्।

रसायनशास्त्र विभागका प्रमुख डा. असोजकुमार दासको सभापतित्वमा सम्पन्न सो सम्मान तथा बिदाइ कार्यक्रममा क्याम्पस प्रमुख डा. रामावतार शरण, विज्ञान संकायका सहायक क्याम्पस प्रमुख डा. रमेशकुमार गोहिवार यादव,  डा. तुलसीप्रसाद निरौला लगायतले  सम्मान तथा  बिदाइ गरेका थिए।

View : 294

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved