Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

पर्यटकको रोजाइमा ‘मुन्धुम ट्रेल’

गोकुल भुजेल
२५ कार्तिक २०८०, शनिवार

भोजपुर, २४ कात्तिक : पूर्वी पहाडी जिल्ला भोजपुर र खोटाङको सिमानामा अवस्थित मुन्धुम ट्रेल अर्थात मुन्धुम पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

यात्राका त्रममा सबै उमेर समूहका लागि सहज रुट, करिब ३१ सय मिटरको उचाइमा रहेको टेम्के डाँडाबाट देखिने मनोरम हिमालय दृष्यावलोकन, पदमार्गमा निर्माण भएका मुन्धुम संस्कारमा आधारित संरचना, किराती संस्कार संस्कृतिको बारेमा अध्ययन अवलोकन, रैथाने ज्ञानको खुल्ला विश्वविद्यालयको रुपमा अवस्थित, स्थानीय बालीनाली, वन्यजन्तु, हरियाली तथा मनोरम दृष्यावलोकनका लागि उक्त क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्न थालेको छ ।

खोटाङको साकेला गाउँपालिकाको तावा भञ्जयाङबाट सुरु हुने पदमार्ग भोजपुरको टेम्केडाँडा, चखेवा भञ्ज्याङ, धेद्रे, हाँसपोखरी, जुके, याकुले हुँदै लैरे, रावाधाप, साल्पापोखरीबाट पुनः मैयुङ भएर एकरोत, बाघखोर हुँदै भोजपुर टक्सार एयरपोर्ट सम्म कुल १ सय ५३ किलोमिटर लम्बाइ रहेको छ ।  

उक्त पदमार्ग यात्रा पूरा गर्न नेपालीहरूलाई सरदर ५ देखि ९ दिन लाग्ने र विदेशीहरूका लागि १० देखि २० दिनसम्म लाग्ने स्थानीयको भनाइ छ । तर पर्यटकहरुले छोटो दुरीको यात्रा भने ३ देखि ५ दिनमै पूरा गर्दछन् । 

उक्त क्षेत्रको विकासका लागी टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले आफूहरूले गुरुयोजना नै बनाएर काम गर्दै आएको उल्लेख गर्दै मुन्धुम ट्रेलले पालिका क्षेत्रमा पर्यटन विकास हुनुका साथै आर्थिक, सांस्कृतिक तथा धार्मिक विकास, प्रचारप्रसार तथा अध्ययन अवलोकन गर्न टेवा पुग्ने बताए । 

भोजपुर याक चौरी कृषक महासंघ जिल्ला अध्यक्ष तथा मुन्धुम पदमार्ग क्षेत्रका अग्रज पाविहाङ राईले पदमार्गले जिल्लामा पर्यटन प्रर्वद्धन, स्थानीय उत्पादनको उपभोग, स्थानीय स्तरमा रोजगारको सृजना, पूर्वाधार विकासलगायत थुपै कार्यहरू भएको बताए ।

उनका अनुसार पदमार्गका क्रममा यात्रा सहज, मनोरम भएसँगै निश्चित क्षेक्रमा हुन सक्ने जंगली जनावरको आत्रमण, पदमार्गमा रहेका आकर्षक क्षेत्र, बगैचा, संरक्षण गर्न आवश्यक रहेको समेत औंल्याए ।

View : 507

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved