Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

गाजा द्वन्द्वमा २९ जना राष्ट्रसंघीय प्यालेस्टिनी शरणार्थी एजेन्सीका कर्मचारीको मृत्यू

रासस
६ कार्तिक २०८०, सोमवार

तेल अवीव, ६ कार्तिक : प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ । अक्टोबर ७ देीखका हिंसामा उनीहरू मारिएको बताइएको छ । 

“हामी स्तब्ध छौं, शोकमा छौं, २९ जना सहकर्मीहरू मारिएको पुष्टि भएको छ' राष्ट्रसंघ एजेन्सीले जनाएको छ । यो एजेन्सीले प्यालेस्टिनी शरणार्थीहरूको राहत र मानव विकासलाई सहयोग गर्दछ । यसैबीच विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले तत्काल युद्धविरामको लागि अपील गरेका छन् ।

इजरायलको कल्याण मन्त्रालयले हमासको आक्रमणका कारण १३ परिवारका कम्तीमा २१ बालबालिका अभिभावकविहीन भएको बताएको छ । टाइम्स अफ इजरायलका अनुसार कसैले बाबु आमा गुमाएका छन्, कसैका बन्दी बनेका छन् भने, कसैका बेपत्ता छन् ।

View : 43

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved